२५ असार २०८३, बिहीबार

चीनको झुहाईमा होटल बाहिर ग्यास विस्फोट (भिडियो)

भदौ २६, २०७७
चीनको झुहाईमा होटल बाहिर ग्यास विस्फोट (भिडियो)

चीनको झुहाई शहरमा एक होटल बाहिर ग्यास विस्फोट हुँदा तीनजना घाइते भएका छन् । 

चिनियाँ सञ्चारमाध्यमले विस्फोटकै क्षणको भिडियो सार्वजनिक गरेका छन् । 

शुक्रवार बिहान तेंगु होटल बाहिर रहेको एक सानो रेस्टुराँमा घटना भएको हो । भवनमा आगो लागेपछि खाना पकाउन राखेका ग्यास सिलिन्डरहरू बढी तातेर पड्केका थिए । 

भयानक विस्फोटको भिडियो अनेकौं कोणबाट लिइएको थियो । ग्यास सिलिन्डर पड्किँदा मानिसहरू भवनबाट बाहिर निस्किसकेका थिए । तर आगो हेर्न बसेका तीनजना घाइते भए अनि उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । 

विस्फोटपछि आगो भवनभरि फैलियो र ११ वटा दमकल तथा ५५ जना अग्निनियन्त्रकहरूलाई घटनास्थलमा बोलाइयो । आगो अन्ततोगत्वा निभाइयो तर यसले वरपरका पसल र आवासीय भवनमा क्षति पुर्‍यायो । सडकमा शीशा र अन्य कुराका टुक्रा छरिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्