१६ असार २०८३, मंगलबार

चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णयसहित सकियो नेकपा स्थायी कमिटी बैठक

चैत्र २५ देखि ३० सम्म महाधिवेशन गर्ने निर्णयसहित सकियो नेकपा स्थायी कमिटी बैठक

चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक समापन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । 

बैठकको शुरूमा संक्षिप्त सम्बोधनपछि पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बैठक सञ्चालनको जिम्मा लगाएर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका थिए ।

ओली बाहिरिएपछि बैठकको अध्यक्षता प्रचण्डले गरेका थिए । गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

सहमति खोज्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महाधिवेशनसम्म प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको थियो । 

असार १० गते शुरू भई पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक पछिल्लोपटक साउन ६ गने छोटो समयका लागि बसेको थियो ।

लामो समयदेखि अनिर्णयको बन्दी बनेको स्थायी कमिटी बैठकको समापन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्