२३ जेठ २०८३, शनिबार

लघु चलचित्र प्रतियोगिता जित्नेलाई जंगी अड्डाले गर्यो पुरस्कृत

लघु चलचित्र प्रतियोगिता जित्नेलाई जंगी अड्डाले गर्यो पुरस्कृत

जंगी अड्डाले लघु चलचित्र प्रतियोगिता-२०७६ का उत्कृष्ट लघु चलचित्रहरूलाई पुरस्कृत गरेको छ ।

शुक्रवार एक समारोहका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले उत्कृष्ट चलचित्रहरूलाई पुरस्कृत गरेका हुन् ।

समारोहमा प्रधानसेनापति थापाले प्रथम हुने प्रशुन सिन्धुलियाको 'देशलाई छुने पाइला', द्वितीय हुने पुरुषोत्तम बस्नेतको 'रगत' र तृतीय हुने वसन्त शर्मा अधिकारीको 'लक्ष्य'लाई क्रमश २ लाख, १ लाख ५० हजार र १ लाख नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए ।

चौथो र पाचौं स्थान प्राप्त गर्ने अनिरुद्ध दुवाडीको 'समर्पण' र अनिल कुमार महर्जनको 'गौरव'लाई शान्त्वना पुरस्कारस्वरूप जनही २५ हजार प्रदान गरिएको नेपाली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्