१३ असार २०८३, शनिबार

अपर बलेफीको सुरुङ खन्ने काम पूरा

भदौ २७, २०७७
अपर बलेफीको सुरुङ खन्ने काम पूरा
प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको ४ हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । वडा नम्बर २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ ।

विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।

लकडाउनका कारण मशिनरी सामान राजधानी भित्रिसके पनि आयोजना स्थलमा पुर्‍याउन नसकिएको कम्पनीले जनाएको छ । २२ किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५०  टावरको फाउन्डेसन तयार भइसकेको छ ।

शुरूमा ६ अर्ब रुपैयाँमा निर्माण भएको आयोजनाको लागत बढेर हाल ७ अर्ब पुगेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्