
सरकारले खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठ यसअघि विभागको उपमहानिर्देशक थिइन्।
खानेपानी मन्त्री बिना मगरले उनलाई महानिर्देशकमा नियुक्त गरेको जनाइएको छ। श्रेष्ठ खानेपानी विभागको पहिलो महिला महानिर्देशक हुन्।
यसअघिका विभागका महानिर्देशक सुनिलकुमार दासको मन्त्रालय सरुवा भएको छ।
यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्।
२०५३ देखि सरकारी सेवामा रहेकी उनले सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी थिइन्। श्रेष्ठले स्नातकोत्तर तहको पढाइ भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरिन्।
२०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सहसचिव पदमा पदोन्नति भइन्।