
स्लोवेनियामा एक युवतीले बीमाको रकमका लागि आफ्नै हात काटेको पाइएको छ।
राजधानी ल्युबल्यानाको अदालतले ती २२ वर्षीया महिला जुलिया एडलेसिकलार्ई आफ्नै हात काटेको मुद्दामा दोषी ठहर गरेको हो। ती महिलाले हात काट्नु भन्दा एक वर्ष अघि फरक-फरक ५ बीमा कम्पनीसँग बीमा गराएकी थिइन्।
काठ काट्दा आफ्नो हात काटिएको बताएकी थिइन्। उनको दाबी सत्य ठहर भएको भए उनले ९ करोड रुपैयाँ बीमा रकम पाउँथिन्।
आरोप साबित भएपछि उनलाई २ वर्षको सजाय र उनका प्रेमीलाई ३ वर्ष कैद सजाय सुनाइएको छ।
२०१९ मा एडलेसिक आफन्तसँग अस्पताल पुगेकी थिइन्। त्यतिखेर उनको हातको अगाडिको भाग काटिएको थियो।
अदालतले उनका प्रेमीले एडलेसिको काटिएर छुट्टिएको भाग जाने बुझेर छाडिदिएका थिए। ताकि एडलेसिक स्थायी रुपमा अपांग बनून्।
तर, अधिकारीले काटिएको भाग तत्काल खोजेका थिए। र, जोडिदिएका थिए।
अभियोजन पक्षले भनेको छ कि उनका प्रेमीले सुरुमा इन्टरनेटमा कृत्रिम अंगका विषयमा जानकारी लिएका थिए।
र, जाने बुझेर उनले हात काटेकी थिइन्।
एडलेसिकका प्रेमिका पितालाई पनि सजाए सुनाइएको छ। यद्यपि, एडलेसिकले आफै हात काटेको आरोप स्वीकार गरेकी छैनन्।