१३ असार २०८३, शनिबार

सगरमाथा आरोहणका लागि आधारशिविर पुगेका ८६ वर्षीय शेरचनको निधन

कात्तिक २०, २०७४
सगरमाथा आरोहणका लागि आधारशिविर पुगेका ८६ वर्षीय शेरचनको निधन

सोलुखुम्बु, २३ वैशाख - सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ ।min

सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुगेका शेरचनको आज साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनको शव भोलि लुक्ला ल्याई काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिंडेका थिए । उनले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए ।

विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो । यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुगेका थिए । उनको आरोहणका लागि रु ९५ लाख व्यवस्था गरिएको थियो ।

उनलाई गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत, म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायतले सहयोग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्