
नवलपरासी पश्चिममा ५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका- १२ बस्ने ५१ वर्षीय रामबहादुर सुनार छन् । उनलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रामबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।