०९ असार २०८३, मंगलबार

राष्ट्रपतिलाई मोर्चाले भन्यो-‘अभिभावक बन्नुहोस्’

कात्तिक २०, २०७४
राष्ट्रपतिलाई मोर्चाले भन्यो-‘अभिभावक बन्नुहोस्’
काठमाडौं , २४ बैशाख – मधेसी मोर्चाका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको अभिभावकको भूमिका निर्वाह गर्न र परिआएमा कठोर कदमसमेत उठाउन सुझाव दिएका छन्।bidhyadevi_bhandari
न्यायपालिका र व्यवस्थापिकाको भिडन्तकै क्रममा राष्ट्रपति र सभामुखसमेत ठूला दलको महाभियोगको निशानामा पर्न लागेको संकेत गर्दै उनीहरूले राष्ट्रपतिले तटस्थ र प्रभावकारी भूमिका निर्वाह नगरे राज्यका सबै निकाय अस्तित्वविहीन हुने चेतावनी पनि दिए ।
संकट चुलिँदै गएका बेला राष्ट्रपति भण्डारीले संविधानको अभिभावकका रूपमा आफूले निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरूलाई बोलाएकी थिइन् , आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

हाँसीमजाक र राजनीतिक विषयबारे हल्का टिप्पणीकै क्रममा राष्ट्रपतिले मधेसी मोर्चालाई सबै पार्टीसँग सहमति बनाउने प्रयास गर्न र संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेलाई टाढा नराख्न सुझाव दिएपछि मोर्चाका नेताहरूले आआफ्नो बोल्ने क्रममा आक्रामक शैलीमा टिप्पणी गरेका थिए ।
शीतलनिवासमा शुक्रबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको छलफलमा मोर्चाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सीपी सिंहलगायत १० जना सहभागी थिए भने राष्ट्रपतिका तर्फबाट उनका सल्लाहकार सुशील प्याकुरेल थिए ।

salt training

कमेन्ट गर्नुहोस्