१७ असार २०८३, बुधबार

सात अर्ब वर्षअघि ब्रह्माण्डमा भएको घटना अहिले गरिँदैछ अनुभव

मंसिर २६, २०७७
सात अर्ब वर्षअघि ब्रह्माण्डमा भएको घटना अहिले गरिँदैछ अनुभव

कल्पना गर्नुस्, नौवटा सूर्यले एकैपटक ऊर्जा छोडे भने के होला ? यस्तो घटना हाम्रो ब्रह्माण्डमा भएको थियो र त्यसको ताप अहिले आएर पृथ्वीले अनुभव गरेको छ । 

यो ताप एक तीव्र ऊर्जा लहर अर्थात् ग्य्राभिटेसनल वेभका रूपमा आयो । दुईवटा ठूला ब्ल्याक होलको महाविलयका कारण यो घटना भएको थियो । उक्त घटनाको संकेत पृथ्वीमा आइपुग्न सात अर्ब वर्ष लाग्यो । 

यति लामो यात्रा गरेर आएको भए पनि यो संकेत निकै शक्तिशाली थियो । यसले पोहोर साल अमेरिका र इटलीमा राखिएका लेजर डिटेक्टरलाई हल्लादियो । 

घटना पोहोर सालको मे २१ मा भएको थियो र त्यसको विस्तृत विवरण भर्खरै मात्र प्रकाशित भएको छ । अनुसन्धाताहरूका अनुसार, दुई ठूला ब्ल्याक होलको विलयबाट एउटा ठूलो ब्ल्याक होल बन्यो जसको ताप सूर्यभन्दा १४२ गुणा बढी थियो । 

ठोकिने क्रममा लगभग नौवटा सूर्य बराबरको पदार्थ ऊर्जामा परिणत भयो । 

ब्ल्याक होल भनेको अन्तरिक्षको त्यो क्षेत्र हो जहाँ गुरुत्वाकर्षण निकै प्रबल हुन्छ । यसमा फसेको कुनै पनि वस्तु बाहिर निस्कन सक्दैन । 

ठूलो ताराको मध्य भाग भत्केपछि ब्ल्याक होल बन्छ । कुनै कुनै ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा अर्बौं गुणा बढी हुन्छ । 
 

चक्राकार ब्ल्याक होलहरू एकअर्कामा विलय हुँदा ग्य्राभिटेसनल वेभ उत्पन्न हुन्छन् । यी अन्तरिक्षमा हलचल गर्ने अदृश्य र तीव्र लहर हुन् र प्रचण्ड ब्रह्माण्डीय घटनाबाट यिनको जन्म हुन्छ । 

ब्ल्याक होल विलय भएको घटना पत्ता लगाउने प्रविधि बनाउन दशकौं लागेको थियो ।
 

ग्य्राभिटेसनल वेभ पत्ता लगाउनका लागि अमेरिकामा लिगो र इटलीमा भर्गो डिटेक्टर राखिएका छन् । यी दुईले नै विशाल ब्ल्याक होलको खोजी गरेका हुन् । 
 

लिगो र भर्गोका लेजर इन्टरफेरोमिटर उपकरणले अन्तरिक्षका कम्पनहरू सुन्ने गर्छन् । त्यस्ता कम्पन ब्रह्माण्डीय घटनाबाट उत्पन्न हुन्छन् । 

एक सेकेन्डको दशौं भाग जति समय अवधिका लागि तीव्र संकेत दर्ज भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्