
आमिर खानको फिल्म दंगल शुक्रबार चीनमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन नै १३.१९ करोड रुपैयाँको कमाइ गरेको छ ।
आमिरको फिल्म थ्री इडियट्स चीनमा मनपराइएको छ । यसका साथ उनको फिल्म पीकेलाई पनि राम्रो प्रतिक्रिया आएको थियो र बक्स अफिसमा १०० करोड रुपैयाको कमाइ गर्नेवाला एक मात्र फिल् बनेको थियो ।
चीनको सवैभन्दा भन्दा ठूलो सिनेमा घर ग्रुप वान्डाले स्क्रीनमा फिल्मलाइए चलाउन मानेन तर पनि ७ हजार भन्दा धेरै स्क्रिनमा रिलिज भएसँगै पहिलो दिन १३.१९ करोड उठाउन सकेको छ । ट्रेड एनालिस्ट तरुण आदर्शले दंगलको ओपनिङमा करिब १३.१९ करोड रुपैयाँको व्यापार गरेको जानकारी दिए ।
फिल्मको रिलिज पूर्व आमिर खानले बेजिङ तथा चांगडूको भ्रमण गरेका थिए ताकि उनको फिल्मको प्रचार गर्न सकियोस्, बजारमा हलिउडको अधिकार बढी मात्रा भएका कारण उनको फिल्मको चीनिया दर्शकका साथ एक डोर बनाउनका लागि केही मुस्किल भएको थियो ।
हालसालै चीनले भारतीय फिल्मका कोटामा बढोत्तरी गरेको छ । अधिकांश कोटा हलिउड फिल्ममा जाने गरेको छ । चीनमा विदेशी फिल्म सरकारको फिल्म एजेन्सीको अनुमति विना सिधै रिलिज गर्ने व्यवस्था छैन ।