२२ असार २०८३, सोमबार

कोरोना संक्रमण अझै पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन- सरकारका प्रवक्ता ज्ञवाली

'प्रत्येक नागरिकले आफूलाई कोभिड-१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही ठान्नुहोला'
कोरोना संक्रमण अझै पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन- सरकारका प्रवक्ता ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक संकटको सामना गरिरहेको बताएका छन्।

भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  ज्ञवालीले स्वास्थ्य र आर्थिक संकटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए।
 
‘दैनिक हजारको सङ्ख्यामा सङ्क्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन’, उनले भने, ‘अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड –१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला।’ 

केही सञ्चारमाध्यममा कोभिड –१९ को सङ्क्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए।
 

salt training

कमेन्ट गर्नुहोस्