२५ असार २०८३, बिहीबार

सिरियामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त

भदौ ३०, २०७७
सिरियामा अमेरिकी हेलिकप्टर दुर्घटनाग्रस्त

सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मंगलबार अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

सिरियाली राज्य सञ्चालित समाचार संस्था, सानाका अनुसार उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ। हेलिकोप्टरमा चालकदलका सदस्यबाहेक अन्य यात्रु भए नभएको समाचार तयार पार्दासम्म जानकारी दिइएको छैन।

सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ)  द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्