०८ असार २०८३, सोमबार

ओली–प्रचण्ड भेटवार्ता, शुक्रवार पेरिसडाँडामा नेकपा सचिवालय बैठक

ओली–प्रचण्ड भेटवार्ता, शुक्रवार पेरिसडाँडामा नेकपा सचिवालय बैठक

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपा सचिवालयको बैठक पहिलोपटक कोटेश्वर पेरिसडाँडामा बस्ने भएको छ । 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भएको भेटपछि शुक्रवारका लागि सचिवालय बैठक राख्ने सहमति भएको नेकपा स्रोतले बतायो । 

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार झण्डै २ घण्टा छलफल भएको थियो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयको समीक्षा, मन्त्रिमण्डल हेरफेर र पार्टीको महाधिवेशन तयारीबारे छलफल हुन लागेको स्रोतले बतायो । 

लामो गतिरोध अन्त्य गर्दै गत भदौ २६ गते स्थायी कमिटी बैठक सम्पन्न भएको थियो । त्यसयता सचिवालय बैठक बसेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्