२३ असार २०८३, मंगलबार

ट्रम्प भन्छन्– खोप नआए पनि हराउँछ कोरोनाभाइरस

भदौ ३१, २०७७
ट्रम्प भन्छन्– खोप नआए पनि हराउँछ कोरोनाभाइरस

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार आयोजित एक टाउहल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खोप आए पनि नआएपनि ‘हर्ड मेन्टालिटी’ कारण कोरोना हराउने दाबी गरेका छन् । 
 

एबीसी न्युजले पेन्सिल्भेनियामा मंगलवार आयोजना गरेको ९० मिनट लामो टाउन हल बहसमा ट्रम्पले खोप नलगाए पनि भाइरस गायब हुने आफ्नो पुरानो दाबी दोहोर्‍याए । तर उनले हर्ड इम्युनिटीको साटो हर्ड मेन्टालिटी शब्द प्रयोग गरे । 
 

एबीसी न्युजका प्रमुख एंकर जर्ज स्टेफानोपौलोसले ट्रम्लिाई सोधे, ‘खोपविना नै कोरोनाभाइरस जान्छ त ?’

पक्का जान्छ । समय बित्दै जाँदा यो जान्छ,’ उनले जवाफ फर्काए । 
 

स्टेफानोपौलोसले भने, ‘अनि धेरै मृत्यु ।’

अनि तपाईंले हर्ड मेन्टालिटी विकसित गर्नुहुन्छ । यो सामूहिक रूपमा विकसित हुन्छ । त्यो अवश्य हुन्छ,’ ट्रम्पले भने । 

जनसंख्याको ठूलो प्रतिशतलाई संक्रमण लागेपछि मात्र भाइरस निर्मूल हुन्छ भन्ने सिद्धान्त नै हर्ड इम्युनिटी हो । धेरै संक्रमित भए भने भाइरस फैलन पाउँदैन भन्ने हो । 

हर्ड मेन्टालिटी भनेको चाहिँ मानिसहरूलाई भीडले तर्कसंगत भन्दा पनि भावुक तरिकाले काम गर्न लगाउने सोच हो ।  
 

नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजेजका निर्देशक डा एन्थोनी फाउचीले हर्ड इम्युनिटीका लागि अमेरिकाले प्रयास गरेमा धेरै मानिस मर्ने चेतावनी दिएका छन् । 

कोभिड–१९ को हर्ड इम्युनिटीका लागि जनसंख्याको ६० देखि ८० प्रतिशत मानिसले प्राकृतिक एन्टीबडी पाउनुपर्ने वा खोप लगाउनुपर्ने विश्वास गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्