
मौसम बदलिँदा मानिसलाई अनेक किसिमका रोग लाग्छन् । यस्तोमा उनीहरू औषधि लिन थाल्छन् । तर यसको उपचारका लागि घरेलु उपायहरू पनि छन् । तीमध्ये एक हो, गिलो मोजा लगाएर सुत्नु । राति गिलो मोजा लगाएर सुत्दा धेरै समस्याबाट मुक्त होइन्छ । अन्य उपाय यस्ता छन् :

भाइरल ज्वरो
भाइरल ज्वरो लाग्दा शरीरको तापक्रम धेरै बढ्छ तर कतिपय अवस्थामा औषधि सेवनले पनि काम गर्दैन । यस्तोमा एक कचौरामा दुई गिलास पानी र एक चम्चा चुक अमिलो मिसाउनुस् । अनि यसमा मोजा भिजाउनुस् र राम्ररी निचोरेपछि लगाउनुस् । लगाएको ४० मिनेटभित्र शरीरको तापमान घट्छ ।
रुघाखोकी
गर्मीको मौसममा प्रायः शरीरको सन्तुलन बिग्रेर रुघा लाग्ने अनि कफ जम्ने सम्भावना हुन्छ । यसको उपचारका लागि दुई कप दूधमा एक चम्चा मह र दुईवटा ठूला प्याज काटेर मिसाउनुस् अनि १५ मिनेटका लागि छोडिदिनुस् । त्यसपछि यसमा केही मिनेटका लागि मोजा भिजाउनुस् र निचोरेर लगाउनुस् । प्याज र दूधमा भएको एन्टीब्याक्टेरियल तथा एन्टीइन्फ्लेम्मेटरी गुणले कफलाई हलुका बनाइदिन्छन् र यो सजिलै निस्कन्छ ।
पाचनशक्ति
शरीरको पाचनशक्ति ठीक भएन भने जतिखेर पनि पेट दुखिरहन्छ । यस्तोमा कालो जीरा र सूपलाई पानीमा १५ मिनेटसम्म उमाल्नुस् अनि त्यही पानीमा मोजा भिजाएर अनि निचोरेर लगाउनुस् । यसले पाचनशक्ति बढाइदिन्छ ।
पञ्जाब केसरीबाट