०३ साउन २०८३, आइतबार

चुनावअघि संसद् वैठक नबस्ने

कात्तिक २०, २०७४
चुनावअघि संसद् वैठक नबस्ने

काठमाडौं २४ वैशाख – व्यबस्थापिका संसद्को बैठक आगामी जेठ ४ गतेसम्मकालागि स्थगित भएको छ ।

संसद् सचिवालयले एक सूचना प्रकाशितगरी आइतवार दिउसो १ बजेका लागि बस्ने भनिएको बैठक विशेष कारणबस जेठ ४ गते बस्नेगरी स्थगित भएको जनाएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा बिचाराधीन महाअभियोग प्रस्तावबारे अन्यौलता कायम रहेको समयमा संसदको बैठक स्थानीय तहको चुनाव सम्मकालागि स्थगित भएको हो । यसअघि शुक्रवारको बैठकमा सभामुखले महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई प्रस्ताव पेशगर्ने अनुमति दिएपनि विपक्षी दलको बिरोधका कारण सो प्रस्ताव पेश हुन सकेको थिएन ।

सर्वोच्चको आदेशपछि शुक्रवार बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सर्वोच्चको पछिल्लो आदेशले संसद्को विशेषाधिकार हनन गरेको भन्दै महाअभियोग प्रक्रिया जारी राख्ने निर्णय गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्