१९ असार २०८३, शुक्रबार

अस्पतालको आईसीयूबाट शशांकले भने– ‘तपाईंहरूले चिन्ता लिनुपर्दैन, २/३ दिन बसेर डिस्चार्ज हुन्छु’

अस्पतालको आईसीयूबाट शशांकले भने– ‘तपाईंहरूले चिन्ता लिनुपर्दैन, २/३ दिन बसेर डिस्चार्ज हुन्छु’

कोरोनाभाइरस (कोभिड १९)को संक्रमणका कारण अस्पतालमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले आफ्नो अवस्था सामान्य रहेको भन्दै चिन्ता नलिन आग्रह गरेका छन् । 

बिहीवार ओम अस्पतालबाट भिडियो सन्देश जारी गर्दै कोइरालाले आफू दुईतीन दिनमा अस्पतालबाट डिस्चार्ज हुने बताएका हुन् । 

‘जयनेपाल ! म कोभिड– १९ बाट प्रभावित भएको व्यक्ति ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरूले चिन्ता गर्नुपर्दैन । अरू २/३ दिन बसेर डिस्चार्ज हुन्छु, यति भनौं भनेर...,’ संक्षिप्त भिडियोमा शशांकले भनेका छन् । 
कांग्रेस नेतृ उर्मिला थपलियाले ट्वीटरमार्फत शशांकको भिडियो सार्वजनिक गरेकी छन् ।

होम आइसोलेसनमा रहेका कोइरालालाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार राति ओम अस्पतालमा भर्ना गरिएको थियो । 

हेर्नुहोस्, शशांकको सन्देश :

salt training

कमेन्ट गर्नुहोस्