२७ असार २०८३, शनिबार

४८ सीटको बसमा १२ यात्रु, व्यवसायी भन्छन्– ‘डिजेल किन्ने कि भोकै हिँड्ने ?’ [भिडियोसहित]

असोज १, २०७७
४८ सीटको बसमा १२ यात्रु, व्यवसायी भन्छन्– ‘डिजेल किन्ने कि भोकै हिँड्ने ?’ [भिडियोसहित]

झण्डै ६ महिनाअघिदेखि बन्द भएका लामोदुरीका सार्वजनिक यातायात सञ्चालनका लागि सरकारले अनुमति दिएको छ ।

चैत १० गतेदेखि बन्द भएका लामोदुरीका गाडी आज (असोज १ गते) देखि सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सरकारले लामोदुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि यातायात व्यवसायीमा भने उत्साह देखिएको छैन ।

लकडाउनको समयमा रोकिएको गाडी चलाउन न सरकारले अनुमति दियो तर फाइदा भने नहुने काठमाडौं बाग्लुङमा नाइट बस चलाउँदै आएका ध्रुव सेनले बताए । 

‘फाइदा छैन, तर सरकारले चलाउन  न दियो, नचलाइ पनि नहुने,’ सेनले लोकान्तरसँग दुखेसो पोखे ।

नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल देखिएको छैन ।

एक/दुई जना यात्रुबाहेक टिकट काट्न नआएको काउन्टरमा कार्यरत एक जना कर्मचारीले भने । 

‘बसपार्कमा अहिलेसम्म २/३ जना भन्दा धेरै यात्रु आउनुभएको छैन टिकट काट्न, बेलुकासम्म आउनुहुन्छ कि !’ ती कर्मचारीले लोकान्तरसँग भने ।

बेलुकाका लागि काठमाडौंबाट बाग्लुङसम्म नाइट बसमा केही यात्रुहरूले टिकट काटेको चालक सेनले लोकान्तरलाई बताए । 

‘आज बाग्लुङ जाँदैछौं, ५ जनाको टिकट काउन्टरले काटेको छ, अरू ७ जना जतिले जान्छौं भन्नुभएको छ,’ सेनले भने । 

हेर्नुहोस्, भिडियो :

स्वास्थ्य मापदण्डअनुसार सिट क्षमताको आधा यात्रु राख्न पाइन्छ । त्यसले बस चलाउनका लागि स्टाफ खर्च पनि नपुग्ने व्यवसायीहरू बताउँछन् । 

‘४८ सीटको बसमा १२ जना प्यासेन्जर हुनुहुन्छ, त्यसले के फाइदा ? तेल खर्च पनि उठ्दैन,’ सेनले लोकान्तरसँग भने, ‘लैजान त पर्‍यो हेरम्, यसपालि फाइदा भएन भने फेरि बस थन्काउनु पर्छ घाटा खाएर त कसले चलाउँछ र ?’

salt training

कमेन्ट गर्नुहोस्