पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा धर्ना दिइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लागि बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो ।
भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले बताए ।