
बंगलादेशको एक गार्मेन्ट फ्याक्ट्रीमा ९ हजार रुपैयाँको मासिक तलबमा काम गर्ने सम्बन्धविच्छेद भइसकेकी महिला आयशा (परिवर्तित नाम) लाई उनकै एक सहकर्मीले भारतमा राम्रो काम दिलाउने लोभ देखाए ।
ती व्यक्तिमाथि भरोसा गरेर आमा–बुवालाई समेत नभनी दलालको माध्यममा उनी मुम्बई पुगिन् तर त्यहाँ उनकै सहकर्मीले ५० हजार रुपैयाँमा आयशालाई एक नेपाली महिलासँग बेचिदिइन् । ती नेपालीले भारतमा वेश्यालय चलाउँथिन् ।
त्यसपछि आयशाले जर्बजस्ती देह–व्यापार गर्नुपर्यो र मुम्बईबाट बैग्लोरसम्म भिन्न–भिन्न शहरमा देह–व्यापारको अड्डा हुँदै विभिन्न मानिसको चंगुलमा फसेपछि अन्ततः उनको ठेगाना बन्यो पुणेको रेड लाइट क्षेत्र ।
त्यहाँबाट केही समय अघि पुणे शहरको पुलिसले उनलाई छुटाए र एक गैर–सरकारी संस्थामा सुम्पिए । यो संस्थाका मानिसहरुले नै मुम्बईमा बंगलादेशी उच्चायोगसँग जोडिएका अफिससँग सम्पर्क गरे र आयशाको घर परिवारको ठेगाना बताए ।
चाँडै नै अनुसन्धान पूरा भयो र आयशालाई उनको देश फिर्ता पठाउने व्यवस्था र तयारी गरियो । यदि सबै कुरा ठिक भए उनी १५ मे मा बंगलादेश फर्किनेछिन् ।

आयशाको अहिलेसम्मको कहानी अहिलेसम्म बंगलादेशका अन्य हज्जारौं असाहय नारीको जस्तै देखिन्छ जो राम्रो कामको खोजीमा भारत जान्छन् र एक अँध्यारो जिन्दगीमा फस्ने गर्दछन् ।
तर आयशाको कहानीमा एक मोड छ – भारतबाट बंगलादेश फर्कनुभन्दा पहिले उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक मर्मस्पर्शी चिट्ठी लेखिन् ।
उनले मोदीलाई लेखेको चिठ्ठी अनुसार उनले भारतमा आफ्ना ग्राहकबाट टिप्स पाएको केही पैसा बचाएर राखेकी छिन् तर त्यसमा धेरैजसो पाँच सय र हजार रुपैयाँको नोट छ, जुन रद्द भइसकेका छन् । अत्यन्त कष्ट र कलंक उठाएर कमाएको उनका केही हजार रुपैयाँलाई यदि प्रधानमन्त्रीले परिवर्तन गरिदिए भने उनी उनको कृतज्ञ हुनेछिन् ।
यो भावुक चिट्ठीलाई रेस्क्यु फाउन्डेसनकी रुपाली शिभारकरले हिन्दीमा अनुवाद गरिन्, त्यसपछि हातले लेखेको उक्त चिट्ठीलाई आयशाको तर्फबाट प्रधानमन्त्री मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई ट्वीट गरियो ।
प्रहरीको मद्दतमा बचिन् अायशामोदी र सुष्मा नियमित रुपमा आफ्नो ट्वीट चेक गरिरहन्छन् र सुष्मा स्वराज त धेरैजसो मुश्किलमा फसेका मानिसहरुको मद्दत गर्दै आएकी छिन् । यही आशामा आयशाले चिट्ठी लेखिन् ।
उनको यो चिट्ठीमा भारतका थुप्रै समाचार माध्यमले समाचार बनाए । रेस्क्यू फाउन्डेशनकी प्रमुख त्रिवेणी आचार्यले बीबीसीसँग भनिन् ‘हामीले जब पुलिसको मद्दत लिएर आयशालाई बचायौं तब उनलाई एक सरो कपडामा त्यो इलाकाबाट बाहिर निकाल्नु पर्यो । त्यसपछि कोर्ट, दूतावासको भागदौडका कारण उनले त्यहाँबाट आफ्नो सामान ल्याउने मौका नै पाइनन् ।’
‘पछि जब उनले आफूले केही पैसा जोगाएर राखेको बताइन् तब हामी दोस्रो पटक त्यहाँ गयौं र १२–१३ हजार भारु भेट्यौं ।’

चिट्ठीमा आयशाले बताइन् ‘बेंगलुरुको रेडलाइट एरियामा काम गरिरहेका बेला वेश्यालयका मालिकले एक पैसा पनि दिँदैनथे । तर ग्राहक खुसी भएर जुन टिप्स दिन्थे त्यसलाई पेटीकोट भित्र लुकाएर राख्थें । त्यसमा धेरैजसो पाँच सय र हजार रुपैयाँका नोट थिए ।’
नोटबन्दीको असर३१ डिसेम्बरमा नोट परिवर्तन गर्ने समयसीमा समाप्त भएपछि उनको यो पैसा बेकार भए । पुणेको कटराज घाटस्थित रेडलाइट इलाकाबाट आयशालाई बाहिर निकाल्न शहरको पुलिस कमिश्नर रश्मी शुक्लाले व्यक्तिगत रुची लिइन् ।
उनी भन्छिन्, ‘यी असाहय बंगलादेशी महिलाले यति कष्ट गरेर कमाएको पैसा बर्बाद हुँदैछ भन्ने सोचेर निकै नराम्रो लागिरहेको छ । उनको चिट्ठीपछि सायद केन्द्र सरकारले केही मद्दत गर्नेछ । तर यसो हुन सकेनछ भने पनि हामीले उनलाई बंगलादेश जानुपूर्व केही आर्थिक मद्दत गर्नेबारे सोचेका छौं ।’

१० हजार रुपैयाँ सायद केही मानिसहरुका लागि ठूलो रकम होइन तर आयशाका लागि त्यसको महत्व धेरै छ ।
यदी उनको फिर्तिभन्दा पहिला भारत सरकारले उनको नोट साट्न सकेभने यो आयशाका लागि आर्थिक सहायता मात्र हुनेछैन, यो उनको आगामी जिन्दगीको लागि पनि एक अमूल्य स्मृति बनेर रहनेछ ।
बीबीसीबाट