
हीरा किन्ने इच्छा त सबैले गर्छन् तर सबैसँग यो महंगो द्रव्य किन्ने पैसा हुँदैन । तर हीरा उम्रिने एउटा पार्क छ र अलिकति मेहनत गर्नुभयो भने तपाईंले त्यहाँ हीरा पाउनुहुन्छ ।

यो पार्क अमेरिकाको अर्कान्सासमा छ । अर्कान्सास नेसनल पार्क ३७.५ एकडमा फैलिएको छ र यहाँ हीराको एक खानी छ । खानीबाट हीरा निस्कन्छ । यसको नाम क्रेटर अफ डायमन्ड्स हो ।
यहाँ सबैलाई जान अनुमति छ र जसले हीरा उठायो त्यसैले लान पाउँछ । हीरामा सरकारले कुनै कर उठाउँदैन ।
यहाँ आएर हीरा लगेर धेरैजना मालामाल भइसकेका छन् । अचम्मको कुरा त सरकारलाई यसका बारेमा थाहा भएर पनि उसले कुनै प्रतिबन्ध लगाएको छैन ।
जोन हडलस्टोन नामक व्यक्तिले सबभन्दा पहिला सन् १९०६ मा दुईवटा चम्किला क्रिस्टल भेटेका थिए । यसको जाँच गराउँदा हीरा भएको पत्ता लाग्यो ।
त्यसपछि यहाँ हीरा खोज्नेहरूको ताँती नै लाग्यो ।
यहाँ परापूर्वकालमा एक ज्वालामुखी रहेको विश्वास गरिन्छ ।
सेतो, खैरो र पहेंलो रंगका हीरा यहाँ पाइन्छन् ।
सन् १९७२ मा यो जमीन नेसनल पार्क बन्न पुग्यो र पर्यटकहरूका लागि खुल्ला गरियो । पार्कमा प्रवेशका लागि १० डलर तिर्नुपर्ने हुन्छ ।
यहाँ अहिलेसम्म ७५ हजार हीरा खोजिसकिएको छ ।
एजेन्सी