×

NIC ASIA

लोकान्तर दोस्रो वर्षमा प्रवेश, हाम्रो प्रण : चुक्न र झुक्न नपरोस्

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डटकमले आइतवार आफ्नो एक वर्षे यात्रा पूरा गरेको छ । आजदेखि हामी दोस्रो वर्षमा प्रवेश गरेका छौं । गएको वर्ष सरकारले आजैका दिन अर्थात वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गर्‍यो । राष्ट्रिय पत्रकारिता दिवसकै साइतमा लोकान्तर डटकम सञ्चालनमा आएको हो ।

एकवर्षको अवधिमा पाठक, साइट भिजिटर, विज्ञापनदाता, कर्मचारीहरू र आम जनसमुदायले हामीप्रति दर्शाउनुभएको माया, सद्भाव, हौसला र व्यक्त गर्नुभएको आलोचना, प्रतिक्रिया र सुझावका लागि हामी आभारी छौं । प्राप्त रचनात्मक सुझावलाई ध्यान दिँदै अझ बढी परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

उतारचढावको वर्ष

शुरु भएदेखि नै हामीमाथि बदनाम गराउने नियतबाट ग्रसित एउटा तप्काले कपोलकल्पित, भ्रामक, अर्थहीन तथा आधारहीन आरोप लगाएर भ्रम फैलाए । त्यसबाट हामी एक रति पनि विचलित भएका छैनौं । हामीमाथि उठेका प्रश्नको जवाफ हामीले सम्पादकीयमार्फत पटक– पटक दिइसकेका छौं । तर पूर्वाग्रह राखेर अरूप्रति निराधार आरोप लगाउनेको उपचार के नै हुन्छ र ? आखिर समयले सबै कुराको जवाफ दिइहाल्छ ।

व्यक्तिगत गोपनीयता, कानूनी सीमा र पत्रकारिताले दिएको अधिकारको ख्याल गर्दै खोजमूलक समाचार र विश्लेषणमा हामी अझै खरो उत्रनेछौं । बहुलवादी समाजमा तथ्यमा आधारित तर फरक विचार राख्ने र लेख्नेमाथि प्रहार हुनसक्छ, तर त्यसको प्रतिकार गर्न हामी सधै तयार रहनेछौं ।

लोकान्तर डटकमलाई नेपाल र विदेशमा बस्ने आम नेपालीमाझ व्यापक बनाउन हामीले अबका दिनमा विशेष ध्यान केन्द्रित गर्नेछौं । समाचार, विचार, फिचर, फोटो फिचरका अतिरिक्त अरू सेवाहरु थप्दै जाने विषयमा हामी केन्द्रित हुनेछौं । हामीले सम्प्रेषण गर्ने सामग्रीमाथि प्रतिक्रिया जनाउने अधिकार पाठकलाई सधैं सुरक्षित छ । तर त्यस्ता प्रतिक्रिया सम्बन्धित समाचार र त्यहाँ प्रस्तुत तथ्यमा आधारित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । रचनात्मक सुझावको हामी सधैं सम्मान गर्नेछौं, प्रतीक्षामा हुनेछौं ।

‘निरन्तर तथ्यको खोज’ भन्ने हाम्रो मूल नारा हो । अनलाइन समाचार विधामा खोजमूलक समाचार सम्पे्रषण गर्न हामी सधैं अंग्रपंक्तिमा रहने प्रयास जारी राख्नेछौं ।

कुनै बेला बीपीले भन्नुभएको थियो – ‘सत्य अल्पमतमा पर्छ ।’ पछिल्ला वर्षहरूमा नेपालमा सत्य अल्पमतमा परेको अवस्था हो । अल्पमतमा परेपनि आखिर जीत सधैं सत्यकै हुनेछ । हामी भीडको पछाडि होइन, सत्यको पछाडि लाग्नेछौं । हाम्रो न्युजपोर्टलको नियमित पाठक र साइट भिजिटर बनिदिनुभएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x