१७ असार २०८३, बुधबार

हजुरबुबा जस्तै देखिन प्लास्टिक सर्जरी गरेका थिए किमले

फागुन १८, २०७७
हजुरबुबा जस्तै देखिन प्लास्टिक सर्जरी गरेका थिए किमले

उत्तर कोरियाका शासक किम जोङ उनका बारेमा धेरै कम तथ्यहरू मात्र बाहिरी दुनियाँलाई थाहा छ । यहाँसम्मकी उनको वास्तविक उमेर पनि बाहिरिएको छैन ।

कतिपयले उनी सन् १९८२ मा जन्मेको दाबी गर्छन् भने कतिपयले १९८४ या १९८५ मा जन्मेको हुन सक्ने अनुमान गरेका छन् ।

किमले २७ वर्षको उमेरमा आफ्नो हजुरबुबा जस्तै देखिन अनुहारको प्लास्टिक सर्जरीसमेत गराएको भारतीय सञ्चारमाध्यम इकोनोमिक्स टाइम्सले दाबी गरेको छ ।

उनका हजुरबुबा उत्तर कोरियाका फाउण्डर हुन् । उत्तर कोरियामा धेरैले किमका हजुरबुबा किम इल सुनलाई भगवान जस्तै मान्ने गर्छन् ।

उत्तर कोरियामा किम जोङ उन मात्र त्यस्ता सर्वोच्च नेता हुन् जसको जन्म सन् १९४८ मा उत्तर कोरिया देश अस्तित्वमा आएपछि भएको हो ।

सन् २०१२ मा व्यंग्यपत्रिका ‘ओनियन’ले किमलाई सबैभन्दा सेक्सी व्यक्ति घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्