०१ असार २०८३, सोमबार

थप दुई कोरोना सङ्क्रमितको मृत्यु

थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण रुपन्देही र पाल्पामा आज बिहान र शुक्रबार राती दूइ जनाको मृत्यु भएको छ । रुपन्देहीको कोरोना बिशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुष र पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत महिलाको आज बिहान मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका बुटबल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

यससँगै रुपन्देहीमा कोरोनाका कारण मृत्युहुनेको संख्या २१ पुगेको छ ।
यस्तै पाल्पास्थित तानसेन नगरपालिका–१४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्