०८ साउन २०८३, शुक्रबार

उत्तर कोरियाले अमेरिकी आक्रमण रोक्न अमेरिकी नागरिकलाई बन्दी बनाएको दाबी

कात्तिक २०, २०७४
उत्तर कोरियाले अमेरिकी आक्रमण रोक्न अमेरिकी नागरिकलाई बन्दी बनाएको दाबी

काठमाडौं, २४ वैशाख — किम जोङ–उनले सम्भाव्य अमेरिकी आक्रमणबाट बच्नका लागि अमेरिकी नागरिकलाई मानवढाल बनाउँदै गरेको विज्ञहरूले बताएका छन् । अमेरिकाले उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लक्षित गर्ने योजना बनाइरहँदा किमले बन्दी कूटनीति अपनाउन लागेको बताइएको छ ।


उत्तर कोरियाले बार्गेनिङका लागि अमेरिकी नागरिकहरूलाई बन्दी बनाउँदै आएको छ ।

तर आफ्ना बुवा किम जोङ इलभन्दा फरक रूपमा उनले आफूलाई बचाउनका लागि बन्दीहरूको प्रयोग गरेको विश्लेषकहरू बताउँछन् । अमेरिकालाई सम्झौतामा ल्याउनका लागि भन्दा पनि आफैंलाई जोगाउन किमले यो कदम चालेको विश्लेषण छ ।

अघिल्लो महिना उत्तर कोरियाले अमेरिकी नागरिक किम साङ–दुकलाई देश छोड्दै गर्दा प्योङयाङ विमानस्थलबाट पक्राउ गरेको थियो । हिरासतमा लिइनुअघि किम प्योङयाङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा अध्यापन गर्थे ।

अहिले तीन अमेरिकीहरू उत्तर कोरियाको कब्जामा छन् । दुई देशबीचको तनाव बढ्ने लक्षण देखिँदैछ ।

एनबीसीन्युज डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्