विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल चौधरी ग्रुपले विभिन्न बहुराष्ट्रिय ब्रान्डको बिक्रि वितरण गर्दै आइरहेको छ।
विभिन्न ११२ देश र ७६ ब्रान्ड का साथ देश–विदेशमा नेपाल बहुराष्ट्रिय कम्पनीका रूपमा परिचित बनाउन सफल चौधरी ग्रुपले विभिन्न टप ब्रान्ड्स हरुको सहकार्य गर्दै आइरहेको छ।
ब्लाक प्लस डेकर एउटा प्रतिष्ठीत अमेरिकन ब्राण्ड र सि.जी.को सि.जी.इम्पेक्स कम्पनीले सहकार्य र साझेदारी मा सि.जी. डिजिटल डिजिटल पार्क, काठमाडौं बाट विभिन्न मिडिया कर्मी र सि.जी. इम्पेक्स का डिलर र डिस्ट्रिब्युटर मार्फत अन्लाईन प्रविधिबाट प्रेस कन्फ्रेन्स आयोजना गरी आधिकारीक घोषणा गरिएको छ ।
भर्चुअल प्रविधिमाध्यम गरिएको प्रेस कन्फ्रेन्स मा सि.जी इम्पेक्स का तर्फबाट सिनियर पदाधिकारी को उपस्थितिका साथै ब्लाक प्लस डेकर, इन्डिया बाट निलान्जन भट्टचार्य (निर्देशक, साउथ एसिया) र अमित राटौरी (प्रमुख इक्सपर्ट) ले पनि भर्चुअल माध्यम बाटै सि.जी. इम्पेक् र ब्लाक प्लस डेकर कम्पनी विचको साझेदारी का बारेमा प्रकाश पारेका थिए ।