२८ जेठ २०८३, बिहीबार

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर आइतवार बिहान धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चिरौँदीबाट त्रिशूली नदीमा खसेको छ ।

त्यसक्रममा ट्याङ्करको नडुबेको भागमा आगलागी समेत भएको छ । 

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्