
दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ ले यतिबेला धमाका मच्चाइरहेको छ । चलचित्रले दिनदिनै रेकर्ड तोड्न थालेको छ । पढ्नुस् बाहुबली २ ले तोडेका अन्य रेकर्डः
१. यो चलचित्रले सबैभन्दा धेरै एडभान्स बुकिङ हुने फिल्मका रुपमा आफ्नो रेकर्ड राखेको छ ।
२. चलचित्रले ओपनिङ दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ ।
३. बाहुबली २ ले चलचित्र क्रिसको रेकर्ड तोड्दै सोमवारसम्ममा सबैभन्दा धेरै ३५ करोड कमाउने चलचित्र बनेको थियो ।
४. यो चलचित्रले विश्वभरीमा सबैभन्दा छिटो ६०० करोड कमाएको रेकर्ड ४ दिनमा तोडेको थियो ।
५. फिल्म रिलिज भएको पाँचौ दिन आमिर खानको दंगलको रेकर्ड तोड्दै ४४० करोडको व्यापार गरेको थियो ।
६. यो फिल्मले आमिर खानको दंगलको रेकर्ड तोड्दै अमेरिकामा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ ।
७. बाहुबलीले दंगलको रेकर्ड तोड्दै दोस्रो हप्ता पनि दमदार कमाइ गरेको छ ।
८. यो फिल्मले आजसम्म १००० करोड कमाएर भारतीय सिनेमा इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।