
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्ने बालिका खड्का पक्राउ परेकी छन् ।
जिल्ला अदालत काठमाडौंमा राईविरुद्ध हालेको अंश मुद्दा प्रमाण नपुगेपछि फिर्ता लिएकी खड्का नेकपा सचिवालय बैठक बसिरहेको स्थान कोटेश्वर पेरिसडाँडाबाट आइतवार पक्राउ परेकी हुन् ।
केन्द्रीय कार्यालयमा पार्टी सचिवालय बैठक बसिरहेका बेला होहल्ला गरेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
नेकपा सचिवालय बैठकका लागि प्रधानमन्त्रीसहित पार्टीका शीर्ष नेताहरू पेरिसडाँडामै छन् ।