१२ साउन २०८३, मंगलबार

अटेरी अमेरिका, सबैले विरोध गर्दागर्दै पनि थप्यो इरानमाथिको प्रतिबन्ध

असोज ४, २०७७
अटेरी अमेरिका, सबैले विरोध गर्दागर्दै पनि थप्यो इरानमाथिको प्रतिबन्ध

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले इरानमाथि पुनः लगाइएको प्रतिबन्धलाई पालन नगर्ने मुलुकलाई दण्ड दिन अमेरिका तयार रहेको दाबी गरेका छन् । 

तर बेलायत र फ्रान्सले वाशिङटनलाई चुनौती दिँदै इरान आणविक सम्झौताअन्तर्गतको छुट कायम रहने बताएका छन् । 

शनिवार इरानमाथिको सबै प्रतिबन्ध पुनः लगाउने अमेरिकाको एकपक्षीय निर्णयको घोषणा गर्दै पोम्पेओले पश्चिम एसियाको शान्तिका लागि यो राम्रो खबर भएको बताए । 

संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूले इरानविरुद्धको प्रतिबन्ध पालन नगरेमा अमेरिकाले त्यसको परिणाम बेहोराउनका लागि बाध्य पार्ने र इरानलाई प्रतिबन्धित गतिविधिबाट फाइदा लिन नदिने बताए । 

तर वाशिङटनका नाटो साझेदारहरू बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई पत्र पठाएर यस कदमको कडा विरोध गरेका छन् । 

प्रतिबन्ध पुनः लगाउने निर्णय वा कार्यको कानूनी असर हुने छैन । 

पोम्पेओको घोषणाभन्दा केही घन्टाअघि इरानका परराष्ट्रमन्त्री मोहम्म्द जावद जरिफले ट्रम्प प्रशासको पछिल्लो कदमविरुद्ध उठ्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । 

वाशिङटनले इरानविरुद्ध एकपक्षीय रूपमा लगाएको राष्ट्रसंघीय प्रतिबन्ध भरे बेलुकाबाट लाग्नेछ । 

सन् २०१५ मा गरिएको इरान आणविक सम्झौताबाट ट्रम्प प्रशासनले एकपक्षीय रूपमा अमेरिकालाई झिकेपछि इरान र अमेरिकाबीचको तनाव चुलिँदो छ । 
 

salt training

कमेन्ट गर्नुहोस्