२९ जेठ २०८३, शुक्रबार

तालिबानका महत्त्वपूर्ण कमान्डर मुल्ला अब्दुल्लाह मारिए

असोज ४, २०७७
तालिबानका महत्त्वपूर्ण कमान्डर मुल्ला अब्दुल्लाह मारिए

आइतवार सारी पुल प्रान्तमा सुरक्षाकर्मीहरूसँगको भिडन्तमा तालिबानका महत्त्वपूर्ण कमान्डर मुल्ला अब्दुल्लाह मारिएको प्रान्तीय सरकारका प्रवक्ता जबिहुल्लाह अमानीले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका छन् । 

‘कुख्यात तालिबानी कमान्डर मुल्लाह क्रूरताका लागि बदनाम थिए र आज बिहान सारी पुल शहरबाहिर कमराबादमा सुरक्षाफौजसँगको भिडन्तमा उनी मारिए,’ अमानीले बताए । 
 

मुल्ला उक्त क्षेत्रको निकै शक्तिशाली कमान्डर भएको बताउँदै उनको मृत्युबाट सारी पुल तथा वरपरका क्षेत्रमा तालिबान लडाकूहरूलाई ठूलो आघात पुगेको अमानीको भनाइ छ । 

तालिबानले यस घटनामा टिप्पणी गरेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्