२५ जेठ २०८३, सोमबार

अनुराग कश्यपलाई अभिनेत्रीले लगाइन् यौन शोषणको आरोप

असोज ५, २०७७
अनुराग कश्यपलाई अभिनेत्रीले लगाइन् यौन शोषणको आरोप

 बलिउडका फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन शोषण गरेको आरोप लगाएकी छन् ।

‘पाटेलकी पन्जाबी शादी’, ‘साथ निभाना साथीया’ जस्ता प्रोजेक्टमा काम गरिसकेकी पायलले आफूमाथि अनुरागले बलात्कार प्रयास गरेको आरोप लगाएकी हुन् । पायलले ट्वीटरमा यस्तो जिकिर गरेकी थिइन् । साथै प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यसमा कारवाही गर्न आग्रह गरेकी छन् ।

यस्तै पायलले यस्तो आरोपपछि आफूमाथि सुरक्षा खतरा हुनसक्ने भन्दै सुरक्षाको माग समेत गरेकी छन् । अनुरागलाई गिरफ्तार गर्नुपर्ने पनि उनको माग छ । अभिनेत्री कंगना रनोटले पनि पायललाई साथ दिँदै अनुरागलाई पक्राउ गर्नुपर्ने प्रतिक्रिया दिएकी छन् ।

यस घटनालाई ‘मी टू’ अभियानसँग पनि जोडेर व्याख्या गरिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भने अभिनेत्री घोषलाई यसको पूर्ण विवरण सहित उजुरी दिन आग्रह गरेकी छन् ।

‘तपाईँले मलाई मेरो इमेलमा विस्तृत उजुरी दिन सक्नुहुन्छ । महिला आयोगले यसलाई हेर्नेछ,’ अध्यक्ष शर्माले भनेकी छन् । अनुरागले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् । तर अभिनेत्री तापशी पन्नुले अनुराग यौन दुव्र्यवहार गर्ने किसिमको व्यक्ति नभएको भन्दै उनका साथ दिएकी छन् । अनुराग बरु असल महिलावादी फिल्म मेकर भएको भन्दै अनुरागले यस मामिलामा उनलाई समर्थन गरेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्