
मन्त्रिपरिषद् हेरफेरलगायत ४ एजेण्डामा छलफल गर्न आइतवार शुरू भई सोमवारका लागि तय भएको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।
मंगलवार मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी सोमवारको बैठक स्थगित भएको नेकपा स्रोतले जानकारी दियो ।
आइतवारको बैठकमा सरकारको काम प्रभावकारी बनाउन स्थायी कमिटी बैठकको निर्णयानुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक सहमति भएको थियो । बैठक सोमवार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमै बस्ने गरी तय भएको थियो ।
शीर्ष नेताहरुको कार्य व्यस्तताका कारण आजको बैठक स्थगित भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो ।