२८ जेठ २०८३, बिहीबार

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
सांकेतिक तस्वीर

गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । 

गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो । उनको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

“राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पुर्‍याइएको हो”, उनले भने । रासस

salt training

कमेन्ट गर्नुहोस्