०४ असार २०८३, बिहीबार

डिश मिडिया नेटवर्क र हिमाल मिडियाबीच सम्झौता

डिश मिडिया नेटवर्क र हिमाल मिडियाबीच सम्झौता

डिश मिडिया नेटवर्क लिमिटेड र हिमालमिडिया प्रालीबीच टेलिभिजन कार्यक्रम निर्माण र प्रसारसम्बन्धी समझदारी भएको छ। समझदारी अनुसार हिमालमिडियाद्वारा उत्पादित अडियो भिजुअल कार्यक्रम डिश मिडियाबाट प्रसारित हुनेछन्। 

डिश मिडियाका अध्यक्ष हेमराज ढकाल र हिमालका प्रकाशक कनकमणि दीक्षितद्वारा हस्ताक्षरित समझदारी अनुसार हिमालले समसामयिक विषयमा उत्पादन गर्ने अडियो–भिजुअल कार्यक्रमहरू डिश मिडिया मार्फत प्रसारण हुनेछन्।

“देशभित्रै निर्माण गरिएका कार्यक्रमहरूको प्रसारण बढाउँदै लैजाने नीति अनुरूप हिमालसँगको समझदारी बनेको हो” डिश मिडियाका अध्यक्ष ढकाल भन्छन्, “समसामयिक विषयहरूमाथिको अनुसन्धान, विश्लेषण र प्रस्तुतिमा हिमालको समाचार कक्षको दक्षताले हामीलाई आकर्षित गरेको हो।”

ढकालका अनुसार हिमाल बाट उत्पादित कार्यक्रमहरूमार्फत देशभित्रको अडियो भिजुअल कार्यक्रम उत्पादनको प्रवृत्तिमै सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्