३१ जेठ २०८३, आइतबार

कोरोना संक्रमणका हिसावले बेलायत १४ औं स्थानमा, गम्भीर अवस्था आउनसक्ने चेतावनी

कोरोना संक्रमणका हिसावले बेलायत १४ औं स्थानमा, गम्भीर अवस्था आउनसक्ने चेतावनी

बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरुले देशमा कोरोनाभाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन् ।  

महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरुले सोमबार चेतावनी दिएका हुन् ।

कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरुको विश्लेषण छ ।

दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरुको सङ्ख्यामा बृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरुको भनाइ छ ।

त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा प्रमुख बैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए।  

उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पु¥याउन सहयोग पु¥याउने चिन्ता पनि व्यक्त गरे ।

चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरु घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ । बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्