१२ साउन २०८३, मंगलबार

मन्त्रिपरिषद बैठकलगत्तै नेकपाको सचिवालय बस्दै

मन्त्रिपरिषद बैठकलगत्तै नेकपाको सचिवालय बस्दै
फाइल तस्वीर

नेपाल सरकार मन्त्रिपरिषद बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

मन्त्रिपरिषद बैठक सोमवारै बस्नुपर्ने भएपनि प्रधानमन्त्रीको व्यवस्तताका कारण मंगलवार साढे ९ बजेदेखि बालुवाटारमा बसेको हो ।

आज बसिरहेको मन्त्रिपरिषद बैठक नियमित कार्यसूचीमा केन्द्रित हुने एक मन्त्रीले लोकान्तरलाई बताए ।

मन्त्रिपरिषद बैठक सकिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नेछ ।

सचिवालय बैठकमा संवैधानिक नियुक्तिको मापदण्डका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

आइतवार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्