०६ असार २०८३, शनिबार

संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई नेकपाको सुझाव

संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई नेकपाको सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा पदपूर्तिको काम अगाडि बढाउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सचिवालय बैठकले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘विभिन्न संवैधानिक निकायको पदपूर्तिको बारेमा संवैधानिक परिषद्को बैठक छिटो बसेर आवश्यक निर्णय लिन पहल गर्नुहुन अनुरोध गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने । 

आइतवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीतिगत निर्णय गरेको थियो ।

दशैंअगावै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी नेकपामा तयारी भएको छ । 

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर सोमवार पनि अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्