२० असार २०८३, शनिबार

यामाहाको नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ गरिँदै

यामाहाको नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ गरिँदै

बुधवार राति सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोहमार्फत् देशका सडकमा स्वागतको लागि तयार गरिएको छ । 

समारोह यामाहा नेपालको औपचारिक यूट्युब च्यानलबाट बुधवार साँझ ७ बजे प्रिमियर गरिने जनाइएको छ ।

सन् २०२० को यामाहा रे जेड आर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाको सन्दर्भमा अंग्रेजी ‘वाई’ आकारको लेड पोजिस्निङ लाइट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्र्ट, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित शुरूआतको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम छन् । यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हलुका छ ।

समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेड आर १२५ एफआईको अनावरण गरिनेछ, जहाँ दर्शकहरूले यो नयाँ उत्पादनको बनावट र विशेषताको अनुभव गर्न पाउनुका साथसाथै बिक्री शुभारम्भ समारोहको थ्री डी अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्य–मुख्य भागमा गहन दृष्टि पुर्‍याउन सक्ने कम्पनीले जनाएको छ ।

यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नाम पनि घोषणा गर्नेछ । जस अनुसार विशेष थ्री डी बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नाम दर्ता गराउने मध्येबाट एक जनालाई भाग्यशाली विजेता चयन गरिने जनाइएको छ ।

सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक यूट्युब च्यानल ‘यामाहा नेपाल’मा बुधवार साँझ ७ बजे प्रत्यक्ष प्रसारण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्