सिकागो, २४ वैशाख - अमेरिकी शहर सिकागोमा आइतबार नगर बस र एक अर्को गाडीसँग ठक्कर खाँदा कम्तिमा चार जनाको मृत्युभएको छ ।

सिकागोकी प्रहरी प्रवक्ता मिसेल तानेहिलले शहरको पश्चिमी क्षेत्रमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको पुष्ठी गर्नुभएको छ तर घटनामा कतिजना घाइते भएका थिए भन्ने बिषयमा केही बताउनुभएन ।
म्याडिसन्बाट पूर्वतिर हिडेको बस र विपरित दिशाबाट आएको गाडी एक आपसमा ठक्कर खाएपछि केही मानिसको मृत्युभएको छ भने केही घाइते भएका छन्, एजेन्सीका प्रवक्ता क्याथरिन होसिन्स्कीले बताउनुभयो ।