२३ असार २०८३, मंगलबार

चन्द्रागिरी हिल्सले ल्यायो आकर्षक दशैं अफर

चन्द्रागिरी हिल्सले ल्यायो आकर्षक दशैं अफर

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले दशैं–तिहारको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोर्टमा ६,५०० ।– (छ हजार पाँच सय मात्र) मा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रूम सहतिको प्याकेज सार्वजनिक गरेको हो । 

यो अफर आजैदेखि लागू भई १५ मंसिर २०७७ तदनुसार ३० नोभेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ । 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्