२७ असार २०८३, शनिबार

शोभा र शर्मीलाले जिते मिसेस र मिस लमजुङको उपाधी

कात्तिक २०, २०७४
  शोभा  र शर्मीलाले जिते   मिसेस र मिस लमजुङको उपाधी
बेसीशहर, २५ बैशाख-  मिसेस र मिस लमजुङ प्रतियोगिताको उपाधी क्रमशः शोभा ठकुरी र शर्मीला विकले जितेका छन् । दुवै तर्फका दस–दस जना प्रतियोगीलाई पछि पार्दै उनीहरुले सो उपाधि हात पारेका हुन् ।
विजेता ठकूरीले मोष्ट ट्यालेण्ट उपाधीको साथै मोष्ट पपुलरको टाईटल उपाधी पनि हात पारेकी छन् भने शर्मीला विकले पनि मिस लमजुङ अन्तर्गत मोष्ट ट्यालेण्ट उपाधी जितेकी छिन्।1_4

शनिबा सम्पन्न प्रतियोगितामा मिसेस लमजुङ तर्फको फस्ट रनरअपको उपाधी बेसीशहरकी रोशना श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधी बेसीशहरकै ववी श्रेष्ठले हात पारेका छन् ।
यस्तै मिस लमजुङ तर्फको फस्ट रनरअपको उपाधी बेसीशहरकी सविना राना मगर र सेकेण्ड रनरअपको उपाधी बेसीशहरकै रेश्मा घिमिरेले जितेका छन् ।
मिसेस लमजुङतर्फ बेस्ट स्किनमा शर्मिला श्रेष्ठ, बेस्ट पर्शनालिटिमा गायत्री सुनार, बेस्ट क्याटवाकमा रुप मायाँ तामाङ्ग क्षत्रीले उपाधी जितेका छन् ।
बेस्ट स्माइल विसोर श्रेष्ठ, बेस्ट डिसिप्लीन तुल्सी अधिकारी, मेस्ट एक्टिभ रिता घले, र वेस्ट ड्रेसपमा गायत्री सुनारले सवटाईटल उपाधी पाएका छन् ।2_5
यस्तै प्रतियोगितामा मिस लमजुङतर्फ बेस्ट हेयरमा मनिसा श्रेष्ठ, वेस्ट स्किनमा चाँदनी लामा, वेस्ट पर्शनालिटिमा रेश्मा घिमिरे, वेस्ट क्याटवाकमा वविता गुरुङले सव टाईटल उपाधी पाएका छन् ।
यस्तै वेस्ट कन्फिडेन्टमा विपना अधिकारी, डिसिप्लीनमा रोजीना श्रेष्ठ, वेस्ट एक्टिभमा पुनम तामाङ्ग, वेस्ट पपुलरमा अर्पना भुजेल, वेस्ट फोटोजेनीक सविना राना मगर, वेस्ट पपुलरमा वविता गुरुङ र वेस्ट ड्रेसमा रोनिजा श्रेष्ठले सव टाईटल उपाधी पाएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई निर्णायकको रुपमा रहेका नायक सरोज खनाल, नायिका आशिस्मा नकर्मी, मोडेल तथा कोरियोग्राफर कला सुब्बा लगाएतको टोलि द्वारा ताज सहित उपाधीको ट्रफी, मायाँको चिनो र प्रमाणपत्र प्रदान गरिएको छ ।
अमेजन इन्टरटेनमेन्ट प्रालीको आयोजनामा सञ्चालित प्रतियोगीता करिव एकमहिना लामो प्रशिक्षण पश्चात शनिवार फाइनल भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्