२४ जेठ २०८३, आइतबार

भर्चुअल प्रविधिबाट सार्वजनिक भयो नयाँ यामाहा रे जेडआर १२५ एफआई, यस्ता छन् विशेषता

भर्चुअल प्रविधिबाट सार्वजनिक भयो नयाँ यामाहा रे जेडआर १२५ एफआई, यस्ता छन् विशेषता

यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआईलाई नेपालमै पहिलो पटक भच्र्युअल प्रविधिमार्फत सार्वजनिक गरेको छ ।

नेपाली अटोमोबाइल जगतमा पहिलो पटक यस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर प्रडक्ट लन्च भएको हो ।

नयाँ रे जेडआर १२५ एफआईको लन्च यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भएको थियो जसलाई एक लाखभन्दा बढीले हेरेका थिए । यो ग्रान्ड लन्चमा दर्शकलाई नयाँ स्कुटरको स्टाइल र फिचरको जानकारी थ्रि डि एक्सपिरियन्समार्फत दिइएको थियो । 

कार्यक्रममा रे जेडआर १२५ एफआई सार्वजनिक गर्नुका साथै यसलाई प्रत्यक्ष रुपमा हेर्ने एक जना भाग्यशाली विजेताको नाम समेत घोषणा गरिएको थियो । करिब ५० हजार जनाले लाइभ गर्न यामाहा नेपालको वेबसाइटमा आफ्नो नाम दर्ता गराएका थिए । 

‘अडियन्स एक्सपिरियन्सलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएकोमा हामी निकै खुसी छौं । हामीलाई विश्वास छ, हामीले प्रडक्ट लन्चको एउटा उदाहरणीय नमुना प्रस्तुत गरेका छौं । यामाहा नेपाल सदा आफ्ना ग्राहकलाई भावी प्रविधिको अनुभव गराउने प्रयासरत् छ । रे जेडआर १२५ एफआईको लन्च पनि त्यसैमध्येको एउटा प्रयास हो । यो भच्र्युअल लन्चबाट हामीले ग्राहकलाई घरमै बसेर सुरक्षित रुपमा नयाँ उत्पादनको बारे जानकारी दियौं र यामाहाको डीएनए– रोमाञ्चकता (एक्साइटमेन्ट)लाई कायम राख्न सफल भयौं,’ एमएडब्लु यामाहा टु–ह्विलर डिभिजनका सीईओ चिरञ्जीवी शाहले भने । 

‘नयाँ रे जेडआर १२५ एफआईको चर्चा गर्दा यसमा मेजर रिफाइनमेन्टहरु गरिएका छन् । यो सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर हो जसले मात्र ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ । साथै यसको माइलेज पनि सबैभन्दा बढी, ५८ किलोमिटर प्रति लिटर रहेको छ । अन्य फिचरहरु पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ,’ उनले अगाडि भने । 

यसमा १२५ सीसीको बीएस ६ कम्प्ल्यान्स यामाहामा प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन लगाइएको छ । साथै, अंग्रेजी अक्षर ‘वाई’ आकारको नयाँ एलईडी लाईट, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाईट स्टार्टअपको लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम जस्ता आधुनिक र सुविधाजनक फिचर रहेका छन् । यसको वजन ९९ केजी मात्र रहेको छ जसले यसलाई १२५ सीसी स्कुटर सेग्मेन्टको सबैभन्दा हलुकको स्कुटर बनाएको छ ।

यामाहा नेपालमा बीएस६ मोडेलको उत्पादन भित्र्याउने एउटै मात्र दुई पांग्रे ब्रान्ड हो । यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुह हुन्छ भने, नयाँ यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा उत्तम विकल्प हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्