२६ जेठ २०८३, मंगलबार

रोनिन मोनोटोन र एगोन्डा भेरियन्ट नेपालमा सार्वजनिक​

जेठ १८, २०८३
काठमाडौं
रोनिन मोनोटोन र एगोन्डा भेरियन्ट नेपालमा सार्वजनिक​

जगदम्बा मोटर्सले नेपालमा रोनिन मोनोटोन र एगोन्डा भेरियन्टहरू सार्वजनिक गरेको छ ।

दुई र तीन पाङ्ग्रे सवारी साधनको अग्रणी विश्वव्यापी निर्माता टीभीएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिमार्फत रोनिन मोनोटोन र रोनिन एगोन्डा सार्वजनिक गर्दै नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियोलाई थप मजबुत बनाएको जानकारी दिएको छ । 

काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित एक साङ्गीतिक कार्यक्रमका बीच अनावरण गरिएका यी नयाँ भेरियन्टहरूले टीभीएस रोनिन लाइनअपमा बोल्ड स्टाइलिङ, विशिष्ट आधुनिक रेट्रो चरित्र र नेपालको द्रुत गतिमा बढिरहेको प्रिमियम मोटरसाइकल खण्डमा बलियो आकर्षण थप गरेका छन् ।​​​

कम्पनीका अनुसार रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङ्गहरूमा उपलब्ध हुनेछ । जसको मूल्य ४ लाख २९ हजार ९०० (एक्स-शोरूम, नेपाल) तोकिएको छ भने टीभीएस रोनिन एगोन्डा पर्ल ह्वाइट रङ्गमा ४ लाख ३९ हजार ९०० (एक्स-शोरूम, नेपाल) मा उपलब्ध हुनेछ ।​​

एगोन्डा भारतको गोवाको प्रसिद्ध एगोन्डा बीचको घाम, बालुवा र आत्माबाट प्रेरित यो भेरियन्ट धेरै अनुकूलित रोनिन मोटरसाइकलहरू मध्ये पहिलो हो।

null

salt training

कमेन्ट गर्नुहोस्