नेपाली बजारमा पछिल्ला दिनहरूमा सुन तथा चाँदीको मूल्यमा गिरावट आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवारको तुलनामा यस दिन छापावाल सुनमा १ हजार २ सय रुपैयाँको गिरावट भएको छ ।
बुधवार छापावाल सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तेजाबी सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीवार चाँदीको मूल्यमा ७० रुपैयाँको गिरावट आएको छ । यस दिन चाँदी प्रति तोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।