
ललितपुरको भट्टेडाँडामा पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुर्दा ५ जना घाइते भएका छन् ।
ललितपुरको बाग्मती गाउँपालिका– ३ भट्टेडाँडामा पहिरोले २ वटा टिप्पर र एउटा मोटरसाइकल पुरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले लोकान्तरलाई जानकारी दिए ।
एसएसपी राईका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ भएको छ ।
अन्य कोही पुरिएका छन् कि भनेर खोजी कार्य जारी राखेको एसएसपी राईले जानकारी दिए ।