०५ असार २०८३, शुक्रबार

दुवै पक्ष संयमितः कार्कीले मुद्दा नहेर्ने र विवादित मुद्दा नबल्झाउने भएपछि कुरा मिल्दै

कात्तिक २०, २०७४
दुवै पक्ष संयमितः कार्कीले मुद्दा नहेर्ने र विवादित मुद्दा नबल्झाउने भएपछि कुरा मिल्दै
काठमाडौँ, २५ बैशाख- संसद् र सरकार एकातिर, न्यायालय अर्कोतिर हुने द्वन्द्वात्मक अवस्थाबाट मुलुकलाई निकास दिन सबै पक्ष सकारात्मक देखिएका छन् ।
संयम अपनाउने र द्वन्द्व हटाउने प्रयासलाई न्यायालयले पनि साथ दिएको छ । सत्तारुढ दलहरूले संसद्मा दर्ता गरेको महाअभियोग प्रस्ताव तत्काल रोक्न सर्वोच्चको आदेशपछि सरकार र सभामुख छलफलमा जुटेका थिए । महान्यायाधिवक्ता, कानुनविद्, प्रमुख प्रतिपक्षी दल र आन्तरिक छलफलपछि सत्तारुढ दल विवाद नबढाई अघि बढ्न तयार भएका हुन् । ‘निर्वाचनको मुखमा विवाद नबढाऊँ भन्नेमा हामी सबै पुगेका छौँ, यसका लागि वर्कआउट भइरहेको छ,’ कांग्रेसका एक वरिष्ठ नेताले भने । उनले भने, ‘सबैले आ–आफ्नो सीमा र मूल्य–मान्यतामा बस्ने गरी अघि बढौँ भन्ने भएको हो ।’ न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढाउन नहुने निष्कर्षमा पुगेरै महाअभियोग प्रस्ताव फिर्ता लिने तयारी भएको ती नेताले जानकारी दिए । दलहरूबीच कुरा मिलेमा ३१ वैशाखको निर्वाचनअघि नै महाअभियोग फिर्ता लिने गरी दलीय छलफल भइरहेकोसमेत ती नेताले जानकारी दिए ।sushila

प्रधानन्यायाधीश सुशीला कार्की आइतबारबाट सर्वोच्च अदालत फर्किए पनि अब उनले मुद्दा नहेर्ने, पुराना र विवादित मुद्दा नबल्झाउने भएपछि कुरा मिल्दै गएको कांग्रेस स्रोत बताउँछ । टसल बढ्न नदिनकै लागि कार्कीले आफूले मुद्दा नहेरी अरूलाई दिएको र अब आफ्नो कार्यकाल एक महिना मात्र बाँकी हुँदा विवादित मुद्दा नहेर्ने र बिदामा बसेर सुरक्षित अवतरणमा जाने विश्वास सत्तारुढ दलको छ ।
यस्तै विश्वासलाई बल पुग्नेगरी आइतबार सर्वोच्चमा फर्किएकी कार्कीले अन्य न्यायाधीशलाई इजलास तोके पनि आफूले मुद्दा हेर्नेगरी तोकिनन् । सुरक्षित अवतरणका लागि विवादित मुद्दालाई अब अघि नबढाइने समझदारी भएकोसमेत कांग्रेसका ती नेता बताउँछन्, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्