
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल भएको छ ।
बिहीवार बिहान साढे ११ बजेतिर ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूबीच २ घण्टाभन्दा बढी छलफल भएको थियो ।
छलफलमा मन्त्रिमण्डल पुनर्गठन र संवैधानिक नियुक्तिको बारेमा कुराकानी भएको स्रोतको दाबी छ ।
सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गरेर अघि बढ्ने सहमति नेकपामा भइसकेको छ ।
केही दिनअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन्, संवैधानिक नियुक्ति, पार्टी एकताका काम लगायत कामहरू सहमतिमा अघि बढाउने सहमति भएको थियो ।
यसैबीच आजै साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा कोभिड १९ का सम्बन्धमा थप केही निर्णय हुनसक्ने बताइएको छ ।