२३ जेठ २०८३, शनिबार

समयमै मल नल्याउने कम्पनीको जमानत जफत सदर, पुरानो अन्तरिम आदेश रद्द

समयमै मल नल्याउने कम्पनीको जमानत जफत सदर, पुरानो अन्तरिम आदेश रद्द

ठेक्का पाएर पनि समयमा मन नल्याउने होनिको मल्टिपल प्रालि र शैलुङ इन्टरप्राइजेजको धरौती जफत गर्ने कृषि सामग्री कम्पनी लिमिटेडको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उच्च अदालत पाटनले रद्द गरेको छ । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बुधवार भदौ २९ गतेको अन्तरिम आदेश रद्द गरिदिएको हो ।

कोरोना संकट शुरू भएपछि नै मल खरिदको सम्झौता भएकाले यसलाई काबुबाहिरको परिस्थिति भन्न नमिल्ने उच्च अदालतको ठहर छ । सरकारले रासायनिक मलको ढुवानीलाई औषधिसरह अत्यावश्यक र समयमै आपूर्ति हुनुपर्ने वस्तु मानेर निर्णय गरेको सन्दर्भमा मल ढुवानीमा गरिएको ढिलाइलाई जायज मान्न नसकिने अदालतले भनेको छ । 

कृषिमन्त्री घनश्याम भुसालको आदेशमा कृषि सामाग्री कम्पनीले भदौ २२ गते होनिको मल्टिपल प्रालि र शैलुङ इन्टरप्राइजेजसँगको ठेक्का रद्द गर्दै जमानत जफत गरेको थियो । 

कपटपूर्ण तरिकाले बैंक ग्यारेन्टी जफत गरेको भन्दै ती ठेकेदार कम्पनी अदालत गएका थिए । अदालतले तोकिएको समयमा मल ल्याउन नसक्नेमा जमानत जफत गर्ने सम्झौतामा उल्लेख भएकाले जमानत जफतलाई कपटपूर्ण भन्न नमिल्ने भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्